+

पीएम कपमा आर्मीको छैटौं जित

२०८१ चैत  ८ गते १३:३२ २०८१ चैत ८ गते १३:३२
पीएम कपमा आर्मीको छैटौं जित

८ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा छैटौं जित निकालेको छ । शुक्रबार देउखुरीमा भएको खेलमा आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।

गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो । ओपनर तृतराज दासले ३७ रन बनाए । बसिर अहमद ३२ रनमा अविजित रहे ।

गण्डकीका चन्द्र पौडेल, सुबास भण्डारी, बिपिन खत्री र सुदिप अर्यालले १-१ विकेट लिए ।

त्यसअघि शाहब आलमले पाँच विकेट लिएपछि गण्डकी प्रदेश सामान्य योगफलमा रोकिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो ।

अर्जुन कुमालले ३३ रन बनाए । दीपक डुम्रेले १९ तथा कमल परियारले १७ र कप्तान बिपिन खत्रीले १५ रन बनाए । आर्मीका शाहबले १० ओभरमा ४२ रन दिएर ५ विकेट लिए । कुशल मल्ल र नरेन साउदले २-२ विकेट लिए ।

आर्मीले ७ खेल खेल्दा ६ खेल जितेको छ । गण्डकी भने समान खेलबाट २ जित मात्र निकाल्दै फाइनल होडबाट बाहिरिसकेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय