+
+
Shares

भारतमा बुद्धिसागरलाई कलिङ इन्टरनेसनल लिटेररी अवार्ड

भारतको उडिसामा आयोजित कलिङ आर्ट फेस्टिभलमा उडिसा राज्यका गभर्नर हरिबाबु खम्बापतिले बुद्धिसागरलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १३:४५

८ चैत, काठमाडौं । लेखक बुद्धिसागरले कलिङ इन्टरनेसनल लिटेररी अवार्ड पाएका छन् ।

भारतको ओडिशास्थित भुवनेश्वरमा आयोजित कलिङ आर्ट फेस्टिभलमा ओडिशा राज्यका गभर्नर हरिबाबु खम्बापतिले बुद्धिसागरलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

नेपाली साहित्यमा पाँच कृति र अनुवाद मार्फत दक्षिण एसियाली वाङमयलाई समृद्ध बनाएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजक कलिङ आर्ट फेस्टिभलका डाइरेक्टर रश्मीरञ्जन परिदाले जानकारी दिए ।

लेखक बुद्धिसागरका कर्णाली ब्लुज, फिरफिरे, एक्लो, उसले दिएको उमेर पुस्तक प्रकाशित छन् ।

शुक्रबारदेखि सुरु भएको उक्त फेस्टिभल ३ दिनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?