+
+
Shares
फ्राइडे रिलिज :

‘द्रौपदी’देखि अस्कर जितेको ‘अनोरा’सम्म : हल र ओटीटीमा के रिलिज भए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १३:५६

काठमाडौं । शुक्रबारदेखि हल र ओटीटी प्लाटफर्ममा नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । हलमा नेपाली फिल्म ‘११ः५५’, ‘द्रौपदी’, हलिउडको ‘स्नो ह्वाइट’ प्रदर्शनमा आएका छन् ।

केशव पाण्डे निर्देशित ‘११ः५५’ क्राइम थ्रीलर ड्रामा हो । एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १३८ मिनेट छ । यसमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ र सागर खनालको अभिनय छ ।

ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ सोसल ड्रामा फिल्म हो । १२४ मिनेट रनटाइमको यो फिल्मले कर्णालीका महिलाको संघर्ष र शोषणको कथालाई चित्रण गरेको छ । आचार्यसहित आश्विनी शाही, रवि ओडको शीर्ष भूमिका छ ।

एड्भेन्चर, रोमान्स र फेमिली जनराको ‘स्नो ह्वाइट’ हलिउड स्टुडियो डिज्नीको नयाँ फिल्म हो । मार्क वेब निर्देशित यो फिल्मको रनटाइम १०९ मिनेट छ ।

ओटीटीमा यो साता के आउँदैछन् ?

यस साता ओटीटी प्लाटफर्ममा प्रेम, अपराध, कमेडीदेखि रहस्यपूर्ण कथाका फिल्म र सिरिज आउँदैछन् । सबै उमेर समूह र रुचि भएका दर्शकलाई ओटीटीमा फिल्म हेर्ने सुविधा छ । यो साता नेटफ्ल्क्सि, प्राइम भिडियो, जियो स्टारमा के–क आउँदैछन् ?

यसवर्षको अस्कर विजेता फिल्म ‘अनोरा’ जियोस्टारमा मार्च १९ देखि स्ट्रिमिङ सुरु भएको छ । मिकी म्याडिसनको शीर्ष भूमिका रहेको यो फिल्मले न्यूयोर्ककी एक यौनकर्मीको कथा भन्छ जसले एक रुसी धनाढ्यको बिग्रेका छोरासँग बिहे गर्छे । वास्तविकता थाहा पाएपछि केटाका बाबुआमाले वैवाहिक जीवनलाई संकटमा पार्न प्रयत्न गर्छन् ।

मार्च १९ देखि नै नेट्फिल्क्समा भारतीय सिरिज ‘खाकी’को नयाँ श्रृंखलाको स्ट्रिमिङ सुरु भएको छ । नेटफ्ल्क्सिमा शुक्रबारदेखि तामिल कमेडी फिल्म ‘ड्रागन’ पनि रिलिज भएको छ । साउथ स्टार धनुषको तेस्रो निर्देशकीय फिल्म ‘निक’ विहिबारदेखि प्राइम भिडियोमा आइसकेको छ । यसबाट धनुषका भान्जा निकले अभिनयमा डेब्यु गरेका छन् ।

‘ट्रेन टु बुसान’ र ‘हेलबाउन्ड’जस्ता फिल्मका लागि परिचित दक्षिण कोरियाली निर्देशक येओन साङ-होको फिल्म ‘रिभिलेसन्स’ शुक्रबारदेखि नेटफ्ल्क्सिमा रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?