
आजभोलि कपाल कलर गर्ने फेसन निकै छ । महिला मात्र होइन, पुरुषमा पनि कपाल कलर गर्ने क्रेज धेरै देखिन्छ । तर, पुरुषको तुलनामा कपाल कलर गर्नेमा महिलाहरू नै बढी हुन्छन् ।
कपाल कलर गर्दा स्टाइलिस र केही उमेर कम पनि देखिन्छ । त्यसैले हिजोआज कपाल कलर गर्नेको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको छ । तर कपाल कलर गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ । यदि केही नसोची हतारमा कपाल कलर गरियो भने यसले लुक र कपाल बिग्रिन सक्छ ।
कपाल कलर गर्नुअघि के-के कुरामा ध्यान दिनुपर्छ ?
कपाल कलर गर्दा पहिले आफ्नो कपालको प्रकार जान्नु जरुरी हुन्छ । कपाल ड्राई, फ्रिजी अथवा ड्यामेज छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।
पहिला पनि कुनै कलर –कालो कलर अथवा मेहेन्दी लगाएको छ कि छैन भन्ने कुरा पनि थाहा पाउनु आवश्यक हुन्छ । स्किन एलर्जीको समस्या छ कि छैन त्यो पनि थाहा
पाउनुपर्छ । यी सबै कुराको जाँचपछि मात्र कलर गर्न योग्य मानिन्छ । सधैँ कलर गर्नु अगाडि एक्सपर्टसँग सल्लाह लिनु पर्छ । साथै कपाल गर्नु अघि यी ४ कुरामा विशेष ध्यान दिनुपर्छ ।
आफूलाई कस्तो कलर चाहिएको हो
यदि पहिलो पटक कपाल कलर गर्न जाँदै हुनुहुन्छ भने हतारमा कुनै निर्णय गर्नुहुँदैन । सबैभन्दा पहिले कस्तो कलर गर्ने भन्ने कुरा तय गर्नुपर्छ । आफूलाई कस्तो प्रकारको रङ्ग सुहाउँछ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । कपाल कलर गर्नु अघि यी सबै कुराको बारेमा स्पष्ट हुन महत्त्वपूर्ण हुन्छ ।
आफ्नो कपालको अवस्था
कपाल कलर गर्नुअघि कपालको स्वास्थ्य जाँच गर्नुपर्छ । यदि कपाल धेरै ड्राई वा क्षतिग्रस्त छ भने पहिले त्यो समस्या समाधान गर्नुपर्छ अनि मात्र कलर । यदि ड्राई कपाललाई कलर गरियो भने रङलाई राम्ररी अवशोषित गर्दैन र कपाल बिग्रने खतरा हुन्छ ।
सही रङ छनोट
कपालमा रङ लगाउनुअघि, स्टाइलिस्टलाई सोध्नुपर्छ कुन रङ सुहाउँछ भनेर । अरूको देखासिकी गरेर कपाल कलर गर्नुहुँदैन । आफ्नो कपालका लागि कपालको रङको छनोट बुद्धिमानीपूर्वक गर्नुपर्छ ।
एक्सपर्टसँग सल्लाह
पहिलो पटक कपाल कलर गर्दा हेयर स्टाइलिस्टको मद्दत लिनु राम्रो हुन्छ । उनीहरूले कपालको अवस्था र बनावट अनुसार उत्तम रङ् र प्रविधिको बारेमा बताउन सक्छन् ।
कपाल कलर गरेपछि ध्यान दिनुपर्ने कुरा
कलर गरेको कपालको विशेष प्रकारले हेरचाह गर्नु आवश्यक छ । किनभने कलर भनेको केमिकल हो र आफ्नो कपाल कलर गरेपछि आवश्यक हेरचाह नगर्दा कपालमा क्षति पुग्ने हुने डर हुन्छ ।
त्यसैले कलर विशेषज्ञसँग यसको हेरचाहसम्बन्धी जानकारी लिनुपर्छ । त्यस्तै समय-समयमा हेयर ट्रिटमेन्ट गर्नुपर्छ । कलर गरेको कपालका लागि कलर हेयर रिपेयर स्याम्पु हप्तामा तीन पटक प्रयोग गर्नुपर्छ । त्यस्तै कलर गरेको कपाललाई डिप कन्डिसनिङ गर्नुपर्छ ।
हप्तामा दुई पटक कलर गरेको कपाल डिप कन्डिसिनिङ गर्दा कपाल नरम हुन्छ । हप्तामा एक पटक हेयर स्पा गर्नुपर्छ । त्यस्तै हेयर सिरमको प्रयोग गर्नु कपालका लागि उपयुक्त हुन्छ । ब्रशले कलर गरेको कपाल धेरै कोर्नु हुँदैन साथै ब्लो ड्राई गर्नबाट पनि बच्नुपर्छ ।
हप्तै पिच्छे कलर गर्नु हुँदैन
कलर गर्दा समयलाई पनि ध्यान दिनुपर्छ । पायो भन्दैमा हप्तै पिच्छे कलर गर्नु कपालका लागि हानिकारक हुन्छ । कम्तिमा पनि एक महिना वा त्यो भन्दा बढी समयको अन्तरालमा मात्र कलर गर्नुपर्छ । कलर त्यसमा पनि कपालको जरामा कलर गर्दा विशेष ध्यान दिनुपर्छ ।
आजभोलि कलरको रुपमा ब्लिच प्रयोग हुने गरेको पाइन्छ, जसले कपाललाई ड्यामेज गर्ने र टुक्राउने गर्छ । त्यसैले यस्ता कुराहरू प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यसैले सधैँ ब्राण्डेड कलरको छनौट गर्नुपर्छ, जसले कपालमा कलर लामो समयसम्म रहन्छ र कपाललाई ड्यामेज हुनबाट पनि बचाउँछ ।
प्रतिक्रिया 4