
काठमाडौं । बाढी प्रभावित चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले ७ फिल्मकर्मीलाई राहत बाँडेको हो ।
चलचित्र कलाकार संघ, प्राविधिक संघ र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चौलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ र फणीन्द्रबहादुर विकलाई राहत बाँडिएको हो ।
बोर्ड अध्यक्ष दिनेश डीसी र कोष संयोजक बसुन्धरा भुसालले पीडितलाई जनही ४५ हजारको दरले रकम प्रदान गरे । यसअघि गम्भीर रोगी र विपन्न फिल्मकर्मीलाई पनि आर्थिक सहयोग दिने गरिएको थियो । यसपटकदेखि प्राकृतिक प्रकोप पीडितलाई पनि सघाउन थालिएको हो ।
सहयोग राशी प्रदान गर्दै अध्यक्ष डीसील चलचित्रकर्मीको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताए । उनले भने, ‘चलचित्रकर्मीका समस्या समाधान गर्न बोर्ड सधैं संवेदनशील छ । प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न पाउनु हाम्रो दायित्व पनि हो ।’ संयोजक भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया 4