८ चैत, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा आजदेखि ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ सुरु भएको छ ।
प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आज र भोलि सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ गरेका थिए । घिसिङले यो ओलम्पिक स्पोर्टमा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे ।
प्रतियोगिता पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहेको छ ।
प्रतिक्रिया 4