+
+
Shares

कोशी सरकारले बाँड्दैछ १३ करोड २८ लाख उपचार सहायता, कसले पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १५:५४

८ चैत, विराटनगर। कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाँड्ने भएको हो ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार मिर्गौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिनेछ ।

आर्थिक सहायताका लागि दुई वर्षयता २ हजार ५ सय ५६ बढी निवेदन परेको थियो । बजेट अभाव भएको भन्दै चालु आर्थिक वर्षमा भने नयाँ निवेदन दर्ता भएको छैन । उपचार सहायताका लागि निवेदन दर्ता भएकाहरुलाई आजबाट सहायता उपलब्ध गराउन सुरु गरेको उनले बताए ।

कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर बजेट अभावमा सरकारले आधा मात्रै बाँड्ने निर्णय गरेको उनले बताए ।

यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधि उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।

मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएका क्यान्सर रोगको उपचारका लागि १ हजार ५०७ जना, मिर्गौला रोग लागेका ५३६ जना, मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनल इन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्कघात भएका १ जनाले उपचार सहायता रकम प्राप्त गर्ने छन्।

यो रकम मन्त्रालयले बिरामीको खातामा पठाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?