
८ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो ।
तर, उक्त विधेयकममाथि राष्ट्रिय सभा सदस्य रेनु चन्दले नियमापत्ति गरिन् ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ९३ बमोजिम ‘प्रतिस्थापन विधेयक’ उल्लेख हुनुपर्नेमा नभएको भन्दै उनले नियमापत्ति गरेकी थिइन् ।
सोही अनुसार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4