+

पीएम कप : दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा कर्णालीको फाइनल सम्भावना कायमै

२०८१ चैत  ८ गते १६:४६ २०८१ चैत ८ गते १६:४६
पीएम कप : दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा कर्णालीको फाइनल सम्भावना कायमै

८ चैत, काठमाडौं । दिपेन्द्र रावतले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले चौथो जित निकाल्दै फाइनल सम्भावना कायमै राखेको छ ।

शुक्रबार एकस्ट्राटेक ओभल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ८१ रनले हराएको हो । कर्णालीले दिएको २२१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १३९ रनमा अलआउट भयो।

मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३० तथा विशाल पटेलले २५ रन बनाए । हरिशंकर साहले १८ रन बनाउँदा शैलेन्द्र साहले १० रन बनाए ।

कर्णालीका लागि दिनेश अधिकारीले १० ओभरमा ४१ रन दिएर ४ विकेट लिए भने दिपेन्द्र रावतले ३ विकेट लिए । प्रकाश जैसीले २ तथा सुनिल धमलाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४९.१ ओभरमा अलआउट हुँदै २२० रन बनाएको थियो । दिपेन्द्र रावतले सर्वाधिक ६१ रन बनाए । अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४ प्रकाश जैसीले १८ रन बनाए ।

मधेशका लागि रुपेश सिंह, रन्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले २-२ विकेट लिए ।

योसँगै ७ खेलमा ८ अंक जोडेको कर्णालीले फाइनल पुग्ने सम्भावना कायमै राख्दा ६ खेलमा ४ अंक मात्र जोडेको मधेश फाइनल होडबाट बाहिरिसकेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय