+

नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने

२०८१ चैत  ८ गते १७:०८ २०८१ चैत ८ गते १७:०८
नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने

८ चैत, काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्ने भएको छ।

नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला हुने भएको हो ।

श्रृंखला यही चैत १२ देखि १६ गतेसम्म पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा आयोजना हुनेछ।

तालिकाअनुसार पहिलो खेल चैत १२ मा हुनेछ भने दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ ।

नेपाली टोलीले एसिया छनोटको तयारीलाई थप मजबुत बनाउन भारतको दिल्ली यु-१९ टोलीसँग तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेको हो।

नेपाली यु-१९ टोलीले एसिया छनोटअघि नै अफगानिस्तान यु-१९ टोलीसँग पनि तीन खेलको शृंखला खेल्ने तय छ।

नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय