८ चैत, काठमाडौं । सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालका लागि सुमन श्रेष्ठले डेब्यू गर्ने भएका छन् । नेपालको सुरुवाती ११ सार्वजनिक भएअनुसार सुमनले पहिलो रोजाइमा खेल्ने पक्का भएको हो ।
एपीएफ क्लबबाट घरेलु फुटबल खेल्दै आएका सुमन पहिलो पटक नेपालको टिममा समावेश भएका थिए । टिममा परेको पहिलो पटकमै उनले पहिलो रोजाइमा डेब्यु गर्ने अवसर पाएका हुन् ।
टोलीमा कप्तान तथा गोलकिपर किरण चेम्जोङ, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जिलेस्पीजंग कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी र रोहित चन्द छन् ।
नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेल्न लागेको हो । खेल सवा ६ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया 4