+
+
Shares

कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो : रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १८:०८

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस आम नागरिकको विचार र चेतना बोकेको पार्टी भएको जिकिर गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसले हरेक विचार बोकेका व्यक्तिहरूलाई समेटेर लैजान सक्नुपर्ने दाबी गरे ।

‘नेपाली कांग्रेस आम नागरिकको पार्टी हो । आम नागरिकको पार्टी भनेको आमनारिकमा जे चेतना छ पार्टीमा पनि त्यही चेतना गर्ने पार्टी हो । आमनागरिक एकातिर हुने र पार्टी एकातिर हुने त्यो चेतनाको पार्टी नेपाली कांग्रेस होइन,’ रिजालले भने ।

पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले कांग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको बताए ।

‘आमनागरिकको पार्टी मात्रै होइन नेपाली कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो । नेपाली कांग्रेसलाई मेरो पार्टी हो भनेर भन्ने मान्छेहरूकाबीचका पनि असाध्यै ठूलो विचारमा विविधता भएको पार्टी हो । दुनियाँका पुराना र लोकतान्त्रिक पार्टीहरूमा त्यो खालको चरित्र रहन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?