+

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु

२०८१ चैत  ८ गते १८:११ २०८१ चैत ८ गते १८:११
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु

८ चैत, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए)को आयोजनामा आजदेखि वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप-२०२५’ सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बिहान एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सदस्य सचिव घिसिङले यो ओलम्पिक स्पोर्टमा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए । संघका अध्यक्ष रमेश पौडेलल र एनएमएका बरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

साहासिक तथा पर्यटन र खेलकुद क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको प्रतियोगितामा विभिन्न प्रदेशका ६ महिला र १३ पुरुष गरी कूल १९ खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको पहिलो दिनमा पुरुषहरुको बोल्डरिङ र लिडको क्वालिफाईर राउन्ड सम्पन्न भएको छ । शुक्रबारको प्रतिस्पर्धापछि पुरुषतर्फ ८ खेलाडी फाईनल खेलका लागि छनौट भएका छन् ।

यसैगरी पहिलो दिन महिलाहरुको क्वालिफाईनर राउन्डमा बोल्डरिङ खेल प्रतियोगिता मात्र सम्पन्न भएको एनसीएसएले जनाएको छ ।

प्रतियोगितामा का.म.न.पा. वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन भइरहेको छ । अन्तिम चरणका खेलहरु शनिवार हुनेछ ।

राष्ट्रिय स्तरको यस प्रतियोगिता क्लाईम्बिङ स्पोर्टको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको विधि अनुसार बोल्डिरिङ र लिड कम्वाईन डिसिप्लेनमा पहिलो पटक नेपालमा खेलाईएको एनसीएसएका महासचिव सन्तोष मादेनले जानकारी दिए ।

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय