
८ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा ‘प्लग इन’ र ‘प्लग आउट’ गरी कुल ४२ हाइब्रिड गाडी नेपाल भित्रिएका छन् ।
भन्सार विभागका अनुसार यस अवधिमा २ हजार सीसी क्षमतासम्मका पेट्रोल–इलेक्ट्रिक प्लगइन हाइब्रिड गाडी ९ युनिट भित्रिएको छ । २ हजार सीसी भन्दा माथिको एउटा गाडी भित्रिएको छ । २ हजार सीसीसम्मको प्लगआउट हाइब्रिड गाडी भने ३२ युनिट भित्रिएका छन् ।
यस्ता सवारीसाधनलाई विद्युतमा चार्ज गरिराख्नु भने पर्दैन । यो सवारीभित्र रहेको डाइनामो घुम्दा विद्युत् उत्पादन भई स्वतः चार्ज हुने गर्छ । प्लग इन गाडीमा भने विद्युत्मा जडान गरी चार्ज गरिन्छ । जसले पेट्रोलको अभावमा पनि सवारीसाधन गुडाउन मिल्छ ।
ईभी गाडीको बढ्दो गति
विद्युतीय गाडी (ईभी) आयात उछाल भने जारी छ । ५० किलोवाटसम्म क्षमताका २ हजार ५ सय ३१ ईभी यस अवधिमा नेपाल भित्रिएका छन् । जसको लागत ४ अर्ब ५५ करोड ४३ लाख ३८ हजार रुपैयाँ छ । यी गाडीबाट सरकारले १ अर्ब ९७ करोड २ लाख ७८ हजार रुपैयाँ राजस्व उठाएको छ ।
त्यस्तै ५१ देखि १ सय किलोवाटसम्मका गाडी ३ हजार ८ सय ७९ युनिट भित्रिएको देखिएको छ । जसको लागत ९ अर्ब ६९ करोड २२ लाख ३४ हजार रुपैयाँ छ । यसबाट सरकारले ६ अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ ।
१ सय १ देखि माथि २ सय किलोवाट क्षमतासम्मका ६ सय ५४ युनिट भित्रिएका छन् । यसको लागत २ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबर छ । जसबाट सरकारले १ अर्ब ९४ करोड राजस्व उठाएको छ ।
यसैगरी २ सय १ देखि माथि ३ सय किलोवाटसम्म क्षमताका १४ युनिट भित्रिएका छन् । जसको लागत ९ करोड ८९ लाख रुपैयाँ देखिन्छ । ३ सय किलोवाट माथिका २ युनिटमात्र गाडी भित्रिएको देखिन्छ । जसको लागत ८३ लाख २३ हजार रुपैयाँ छ ।
यस अवधिमा अनएसेम्बल ५० किलोवाटसम्मका गाडी ९ युनिट भित्रिएका छन् । सार्वजनिक सवारीतर्फ मिनीबस १५ देखि २५ सिट क्षमताका ६ सय ९१ युनिट भित्रिएका छन् ।
माइक्रोबसतर्फ ११ देखि १४ सिट क्षमतामा ६ सय ९० गाडी नेपाल आएको तथ्यांक छ । अन्य चार पाङ्ग्रे ईभी २ सय ९९ युनिट भित्रिएका छन् ।
यो अवधिमा तीन पाङ्ग्रे ईभी ७ हजार २ सय १८ र दुई पाङ्ग्रे ७ हजार १ सय ७५ युनिट भित्रिएको देखिन्छ । अनएसेम्बल तीन पाङ्ग्रे ४ हजार ६ सय १८ युनिट भित्रिएको छ ।
अन्य तीन पाङ्ग्रे १ हजार ५९ युनिट आएको छ । यो अवधिमा ईभीका ७१ हजार ७ सय २५ चार्जर नेपाल भित्रिएको तथ्यांक छ ।
प्रतिक्रिया 4