
८ चैत, बुटवल । बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा एक निजी विद्यालयले २५ लाख लागतमा स्मार्ट शौचालय बनाइदिएको छ ।
रंगशालामा सुविधासम्पन्न शौचालयको अभाव खड्केको हुँदा बुटवलको न्यू होराइजन अंग्रेजी आवासीय माविले सामाजिक उत्तरदायित्व बहन गर्दै महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाइदिएको हो ।
रंगशाला परिसरमा बनेको उक्त शौचालय शुक्रबार एक कार्यक्रमका बीच उद्घाटनसँगै विद्यालयले रंगशालालाई हस्तान्तरण गरेको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शौचालय उद्घाटन गर्दै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै अनुकरणीय सामाजिक कार्य गरेको भन्दै सराहना गरे ।
सो अवसरमा न्यू होराइजन संस्थाका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयको ३५ औं वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रंगशालामा स्मार्ट शौचालय निर्माण गरिदिएको बताए ।
जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले स्मार्ट शौचालय बनेपछि खेलाडी र दर्शकले धेरै सहज सुविधा पाउने बताए ।
प्रतिक्रिया 4