+
+
Shares

सर्बियाको रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु

रासस रासस
२०८१ चैत ८ गते १९:२७

८ चैत, काठमाडौं । सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो ।

‘सबै उपायहरू अपनाइएका र हाम्रा कर्मचारीहरूको पूर्ण समर्पणको बावजुद, बिरामी जटिल चोटपटक र सम्बन्धित जटिलताहरूको कारण मृत्यु भयो,’ अस्पतालले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । ‘हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’

उनको मृत्युको खबर फैलिने बित्तिकै उनले पढ्ने नोभी स्याड स्कूल अफ इकोनोमिक्सको भवनमा कालो झण्डा फहराइएको थियो । शोक मनाउनेहरूले फूल चढाएका र मैनबत्ती बालेका थिए ।

“तिमी सधैं हाम्रा हाम्रा सम्झना र हाम्रा हृदयहरूको हिस्सा रहनेछौ,” विद्यार्थीहरूले स्कूल बाहिर छोडेको एउटा ब्यानरमा लेखिएको थियो ।

नोभेम्बर १ मा नोभी साड स्टेशनको कङ्क्रीटको छाना भत्किँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पीडितहरू छ देखि ७४ वर्ष उमेरका थिए ।

अन्य तीन जना घाइते भए, जसमध्ये एकको दुई हप्ता पछि मृत्यु भयो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?