
८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सम्बन्धी उपचारमा नेपालले क्रमिक रूपमा उपलब्धि हासिल गर्दै गएको बताएका छन् ।
नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक रहेको बताए ।
गरिबी निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन उनले जोड दिए ।
दुई पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको सुनाए ।
दोस्रो पटक भने सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउन पाउँदा आफूलाई गर्व महसुस भएको उनको भनाइ थियो ।
सम्मेलनबाट प्राप्त निष्कर्षहरू सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट गरे ।
कार्यक्रममा समाजका अध्यक्ष प्राडा दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतीकरण गरेकी थिइन् ।
प्रतिक्रिया 4