+
+
Shares

टर्की र दक्षिण कोरियाबाट करोडौं अन्डा आयात गर्दै अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १०:२९

९ चैत, काठमाडौं । अमेरिकामा अन्डाको बढ्दो मूल्यलाई कम गर्न ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अन्डा आयात गर्ने योजना बनाइरहेको छ।

बीबीसीका अनुसार ट्रम्प प्रशासन अन्य देशहरूसँग पनि अन्डा आयात बारे छलफल गरिरहेको छ । अमेरिकी बजारमा अन्डाको माग अनुसार आपूर्ति भइरहेको छैन । यसबाट बढिरहेको अण्डाको मूल्य घटाउन विदेशबाट आयात गर्ने रणनीति बनाइएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

कृषि मन्त्री ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने, ‘हामी छोटो समयका लागि करोडौं अन्डाको आपूर्तिको विषयमा कुरा गरिरहेका छौँ।’

यो समाचार ट्रम्प प्रशासनले बर्ड फ्लू महामारीलाई नियन्त्रण गर्न एक अर्ब डलरको योजना घोषणा गरेपछि बाहिर आएको हो।

अन्डाको मूल्य कम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी वाचा नै थियो । गत वर्ष अन्डाको मूल्य ६५ प्रतिशतभन्दा बढीले बढेको छ। सन् २०२५ सम्म यो मूल्य थप ४१ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ ।

पछिल्लो वर्ष बर्ड फ्लू महामारीको समयमा बाइडेन प्रशासनले लाखौं पंक्षीहरू मार्ने आदेश दिएको थियो, जसका कारण अन्डाको मूल्यमा तीव्र वृद्धि भएको थियो।

ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालको सुरुआती दिनहरूमा पनि अन्डाको मूल्य बढ्ने क्रम जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?