+

ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले धनगढीबाट एनएसएल खेल्ने

२०८१ चैत  ९ गते १५:११ २०८१ चैत ९ गते १५:११
ब्राजिलियन खेलाडी सर्जियो बार्बोजाले धनगढीबाट एनएसएल खेल्ने

९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले ब्राजिलियन सर्जियो बार्बोजा जुनियरलाई अनुबन्ध गरेको छ।

बार्बोजा विङ्गर र स्ट्राइकरका रूपमा खेल्न सक्छन्। आक्रामक खेलशैली र उत्कृष्ट ड्रिब्लिङ क्षमताका कारण चर्चित रहेका उनी धनगढी एफसीका लागि मुख्य खेलाडी बन्ने अपेक्षा गरिएको छ।

३० वर्षीय बार्बोजाले ब्राजिलको फ्लामिङ्गो यू-२० टोलीबाट खेलेका छन् भने भारतीय टोली मिनर्भा पन्जाबलगायत अन्य धेरै टोलीबाट खेलिसकेका छन् ।

धनगढी एफसीले उनको आगमनसँगै टोलीको आक्रमण लाइन अझ बलियो बनाउने विश्वास लिएको छ। धनगढीले पाँचौं विदेशी खेलाडीको रुपमा उनलाई भित्र्याएको हो ।

यसअघि धनगढीले मोरोक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी, नाइजेरियन स्टार अफिज ओलोवाले, लेबनानी स्टार फरवार्ड अहमद हिजाजी र स्पेनिस गोलकिपर वालिद बिरोउ क्लबमा अनुबन्ध गरिसकेको छ । ओलोवाले र हिजाजीले दोस्रो सिजन पनि धनगढीबाटै खेलेका थिए ।

धनगढीले तेस्रो सिजनको लागि मार्की प्लेअर र प्रशिक्षक पनि परिवर्तन गरेको छ । क्रितिशरत्न छुन्जुलाई मार्की प्लेयर चयन गरेको धनगढीमा देवेन्द्र तामाङ, जर्जप्रिन्स कार्की, पासाङ लामा, विवेक पौडेल, जियारथ शेख, रन्दीप पौडेल, रामचन्द्र वाजी, प्रशान्त लक्षम, रोहन खड्की, अमृत श्रेष्ठ, हरिष राज भट्ट, सन्तोष महत र अशोक खवास छन् ।

यस्तै धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । युईएफए प्रो लाइसेन्स भएका प्रशिक्षक म्यानुएलले स्पेन, पानामा, थाइल्याण्ड, ओमान, माल्दिभ्स र बंगलादेशमा समेत प्रशिक्षण गराईसकेका छन् ।

नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी धनगढी एफसीका ब्रान्ड एम्बेसडर रहेका छन् ।

धनगढी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय