+
पीएम कप क्रिकेट :

सूर्य तामाङको ५ विकेटमा कोशीमाथि बागमतीको फराकिलो जित

२०८१ चैत  ९ गते १५:२७ २०८१ चैत ९ गते १५:२७
सूर्य तामाङको ५ विकेटमा कोशीमाथि बागमतीको फराकिलो जित

९ चैत, काठमाडौं । स्पीनर सुर्य तामाङले ५ विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित निकालेको छ ।

शनिबार देउखुरीमा भएको खेलमा बागमतीले कोशीलाई १३१ रनले हराएको हो । बागमतीले दिएको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा अलआउट भयो ।

आइस भट्टराईले ३७ तथा सुजन थपलियाले २५ र फिर्दोश अन्सारीले २४ रन बनाए । बागमतीका सुर्य तामाङले ९ ओभरमा २७ रन दिएर ५ विकेट लिए । रिजन ढकालले ३ तथा साकार गजुरलले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.३ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो । शुभ कंसाकारले ३९, आशुतोष घिरैयाले २९ तथा इशान पाण्डे र बिपिन आचार्यले समान २५ रन बनाए ।

रिजन ढकालले २२, सोनु देवकोटाले १८ र सुर्य तामाङले अविजित १७ रन बनाए । कोशीका सुजन थपलिया र प्रकाश कार्कीले २-२ तथा फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दिपेश कँडेलले १-१ विकेट लिए ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय