+
+
Shares

नियुक्त भएको ४ महिनापछि कार्यकक्षमा राजदूत रेग्मी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १६:२३

९ चैत, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आफ्नो कार्यकक्षमा पुगेका छन् ।

रेग्मी नियुक्ति भएको ४ महिनापछि शुक्रबार कार्यक्षेत्रमा पुगेका हुन् । शुक्रबार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा पुगेर उनले कार्यभार सम्हालेको दूतावासले जनाएको छ ।

गत कात्तिक २५ गते राजदूत नियुक्त भएका रेग्मीले राष्ट्रपतिसमक्ष गत मंसिर १६ गते शपथ लिएका थिए ।

पूर्वमुख्यसचिव रेग्मी यसअघि बेलायतका लागि राजदूत पनि भएका थिए ।

अमेरिकाका लागि राजदूत नियुक्त हुनुअघि उनी भारतका लागि राजदूत सिफारिस भएका थिए ।

रेग्मी नेपाल सरकारका मुख्यसचिवको रुपमा दुई वर्ष बढी कार्यरत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?