+
+
Shares

अपांगतामैत्री भोटिङ मेसिन माग गर्दै कांग्रेस कार्यालयमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १७:०४

९ माग, काठमाडौं । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको महाधिवेशनमा प्रतिनिधहरूले अपांगतामैत्री भोटिङ मेसिनको माग गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोबाट जारी महाधिवेशनमा दृष्टिविहीन महाधिवेशन प्रतिनिधिहरूले अपांगतामैत्री इलेक्ट्रोनिक भोटिङ मेसिनको माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरूले महाधिवेशनमा अपांगमैत्री भोटिङ मेसिनको माग पहिला नै गरेको भएपनि निर्देशक समितिका संयोजक मधु आचार्यले वेवास्ता गरेको आरोप लगाए ।

उनीहरूले संयोजक आचार्यविरुद्ध पनि नाराबाजी गरेका थिए ।

संघका महामन्त्री दृष्टिविहीन आश्विन लम्सालले अपांगतामैत्री भोटिङ मेसिनको व्यवस्था नभएसम्म भोटिङमा भाग नलिने बताएका छन् ।

हिजो देखि सुरु भएको महाधिवेशनमा आज निर्वाचनबाट नेतृत्व चयन गर्ने कार्यक्रम थियो । संघको नेतृत्वका लागि विकास थापा, माधव चौलागाईं र कल्पना खड्का अध्यक्षका उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?