
९ चैत, गुल्मी । गुल्मीमा आगोलागीबाट घर गोठ जलेर नष्ट भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– १ जुकेपानी निवासी कमला कुँवरको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताए ।
शनिबार दिउँसो निस्दिखोलाको जङगलबाट सुरु भएको आगो खरबारी हुँदै घरमा पुग्दा क्षति भएको थियो ।
आगोलागीबाट कुँवरको ढुङगा माटोले बनेको टिनले छाएको २ तले कच्ची घर र ढुङगा माटोले बनेको १ तले कच्ची गोठमा जलेर पूर्णरुपमा नष्ट भएको छ ।
आगोलागीबाट घरभित्र रहेको सम्पुर्ण सामान जलेर गोठमा रहेको ४ ओटा बाख्रा, २ ओटा भैंसी, २ ओटा कुखुरा जलेर मृत्य भएको प्रहरी निरीक्षक थापाले बताए ।
मानवीय क्षति केही नभएको र लगभग २२ लाख बराबरको क्षति भएको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4