+
+
Shares
भ्वाइस अफ नेपाल सिजन ६ :

‘भ्वाइस’मा नकआउट राउण्ड सुरु, ३६ ट्यालेन्टबीच प्रतिस्पर्धा

अर्को सातादेखि भोटिङ पनि सुरु हुनेछ । सबै समूहले टप थ्री प्राप्त गरेपछि भोटिङ लाइन खुला हुनेछ । कसलाई अघि बढाउने भन्ने कोचको अधिकार ‘नकआउट राउण्ड’सम्म मात्र सीमित हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते २०:२५

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ मा ‘नकआउट राउण्ड’ सुरु भएको छ । शुक्रबार राउण्डको पहिलो एपिसोड प्रसारण भयो जहाँ टीम उदय सोताङका ट्यालेन्टले आगामी चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गरे ।

शनिबार कोच राजु लामाका ३ ट्यालेन्टले प्रतिस्पर्धा गरेका छन् । आउँदो साता कोच मेलिना राई र कोच खेम सेन्चुरीका बाँकी ट्यालेन्टले प्रतिस्पर्धा गर्नेछन् ।

‘नकआउट राउण्ड’मा कूल ३६ जनाको भीडन्त हुनेछ । अहिले प्रत्येक समूहसँग ९ जना ट्यालेन्ट छन् । ३ समूहमा विभाजन गरेर प्रतिस्पर्धा भैरहेको छ । आगामी राउण्डका लागि ४ जना कोचका १२ जना छनोट हुनेछन् ।

अर्को सातादेखि भोटिङ पनि सुरु हुनेछ । सबै समूहले टप थ्री प्राप्त गरेपछि भोटिङ लाइन खुला हुनेछ । कसलाई अघि बढाउने भन्ने कोचको अधिकार ‘नकआउट राउण्ड’सम्म मात्र सीमित हुनेछ । यसकारण नकआउट राउण्ड कोचको अधिकार प्रयोगको अन्तिम अवसर हो ।

‘द भ्वाइस अफ नेपाल’ हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ । यससँगै भ्वाइस अफ नेपालको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?