+
+
Shares

प्रजातन्त्रपछि देशले ठूलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते २१:४५

९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निरंकुश शासन व्यवस्थाबाट प्रजातन्त्रमा प्रवेश गरेपछि देशले ठूलो फड्को मारेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले देशले पूर्वाधार विकाससँगै शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए ।

‘नेपालमै राम्रो शैक्षिक संस्था बनिसकेको छ । तानाशाही शासनप्रणालीबाट भएको राजनीतिक परिवर्तन सँगै प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ,’ उनले भने, ‘हामीले पढ्ने बेला र अहिलेको शैक्षिक अवस्थामा परिवर्तन आएको छ । सकारात्मक सोच राखेर अघि बढ्दा राम्रो हुन्छ । हामीसँग भएका संस्थाबाट समाज रूपान्तरण गर्न भरमुग्दर प्रयस गर्नुपर्छ ।’

निराशाको भाष्य बनाउनेभन्दा प्राप्त अवसरको सदुपयोग गर्नु सबैका लागि राम्रो हुने पनि उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?