
१० चैत्र, गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् । ‘आइतबार बिहान करिब साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट आएछ’, प्रहरी निरीक्षक ध्रुव शर्माले भने, ‘करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।´’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4