
अस्कल क्याम्पसमा स्ववियु निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी र विद्यार्थी । फाइल फोटो
१० चैत, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको छ ।
५ चैतमा विवाद भएपछि हुननसकेको मतदान आज बिहान आठ बजेदेखि भइरहेको हो ।
शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको अमृत साइन्स क्याम्पसका प्रमुख होमबहादुर बानियाँले जानकारी दिए । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए ।
पोखराको पृथ्वीनारायण (पीएन)क्याम्पसमा पनि मतदान भइरहेको छ । क्याम्पस प्रमुख हरि प्रसाद पाठकका अनुसार मतदानमा कुनै समस्या छैन । ‘बिहानदेखि नै शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने ।
विवाद भएपछि अन्तिम समयमा पृथ्वीनारायण क्याम्पसमा पनि ५ चैतमा मतदान रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4