+

आसिफको अर्धशतकमा गण्डकीलाई एपीएफको चुनौतीपूर्ण लक्ष्य

२०८१ चैत  १० गते १२:५५ २०८१ चैत १० गते १२:५५
आसिफको अर्धशतकमा गण्डकीलाई एपीएफको चुनौतीपूर्ण लक्ष्य

१० चैत, काठमाडौं । आसिफ शेखले अर्धशतकसहित ८० रन बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले गण्डकी प्रदेशविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.२ ओभरमा २५८ रन बनायो । एपीएफका लागि आसिफ शेखले सर्वाधिक ८० रन बनाए । लोकेश बमले ४६ तथा सुमित महर्जनले ३१ रन बनाए ।

गण्डकीका सन्दिप पराजुली र सुदिप अर्यालले ३-३ विकेट लिए । कमल परियारले २ तथा चन्द्र पौडेलले १ विकेट लिए ।

एपीएफले ६ खेल खेल्दा ४ खेल जितेको छ भने गण्डकीले ७ खेल खेल्दा १ जित मात्र निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय