+

किरणको शतक, अन्य ब्याटर नचल्दा सुदूरपश्चिमको मध्यम योगफल

२०८१ चैत  १० गते १२:३० २०८१ चैत १० गते १२:३०
किरणको शतक, अन्य ब्याटर नचल्दा सुदूरपश्चिमको मध्यम योगफल

१० चैत, काठमाडौं । किरण ठगुन्नाले प्रतियोगिताको दोस्रो शतक बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशविरुद्ध मध्यम योगफल बनाएको छ ।

देउखुरीमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि किरणबाहेक अन्य ब्याटर नचल्दा ४३.४ ओभरमा २४२ रनमै रोकिएको हो  । सुदूरका लागि किरणले ९१ बलमा १२ चौका र ४ छक्कासहित ११५ रन बनाए ।

त्यसपछिको सर्वाधिक स्कोर टेक रावतको १६ रह्यो । अर्जुन बिकले १५ तथा निश्चल क्षेत्रीले १० रन बनाए ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए । फिर्दोश अन्सारी र अंकित सुवेदीले २-२ विकेट लिँदा दिपेश कँडेल र प्रकाश कार्कीले १-१ विकेट लिए ।

प्रतियोगितामा सुदूरले ७ खेलमा २ जित निकाल्दा कोशीले १ जित मात्र निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय