+
+
Shares

काठमाडौंमा सडक बत्ती चोर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १२:२७

१० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका सडक बत्ती चोरी गर्दागर्दै महानर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका-८ घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ३४ वर्षीय सुदीप बस्ने छन् । उनीविरुद्ध चोरीको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दर्ता भएको छ ।

कोटेश्वर एरियाका सडक बत्ती तथा ट्राफिक आइल्याण्डमा जडान गरिएका बत्तीहरु हराउन थालेका थिए । सडक बत्ती बारम्बार हराउन थालेपछि महानर प्रहरीबले निगरानी बढाएको थियो ।

सोही क्रममा बत्ती चोर्दै गरेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको महानर प्रहरी बलको पत्रमा उल्लेख छ । महानगर प्रहरीले बलले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई १५ फागुनमा पक्राउ गरिएको हो ।

कोटेश्वर–बालकुमारी सडकको लेनको बीच भागमा रोपिएका बिरुवाका लागि लगाइएको बत्ती चोरी भएको बताइएको छ ।

चोरी आरोपमा पक्राउ परेका बस्नेतले पनि चोरी गरेको विषय स्वीकार गरेका छन् । उनले बयानमा भनेका छन्, ‘त्यसदिन मदिरा पिएको थिएँ । एकछिन सडक लेन बिचको बगैचामा बसेँ । लाइट राम्रो देखेपछि घर लानु पर्‍यो भनेर झिकेर गोजीमा हालेको थिएँ । त्यही बेलामा मलाई प्रहरीले पक्राउ गरेको हो ।’

बत्तीसहित फेला परेपछि महानगर प्रहरीले प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको थियो ।

उनले ४ हजार ३५८ रुपैयाँ पर्ने बत्ती चोरी गरेको भन्दै उक्त बराबरको बिगो समेत मागदाबी गरिएको छ । उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?