
१० चैत, काठमाडौं । बजारमा अम्बाको भाउ घट्दा किवीको भने बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अम्बाको भाउमा गिरावट आएको देखाएको हो ।
आइतबार अम्बाको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । शनिबार भने किलोको एकैचोटि १ सय ९० रुपैयाँ पुगेको थियो । शनिबारको तुलनामा आइतबार अम्बाको भाउ ८० रुपैयाँ घटेको हो ।
किवीको मूल्य कति ?
यसैगरी आइतबार बजारमा किवीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार किवीको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ बढेको हो ।
शनिबार २ सय ७६ रुपैयाँमा किनबेच भएको किवी आज आइतबार किलोको ४ सय २६ रुपैयाँ कायम भएको छ ।
व्यवसायीहरुका अनुसार बजारमा नेपाली किवी सकिएको छ । अब भने चीन र भारतबाट किवी आयात भइरहेको हुँदा मूल्य बढेको उनीहरू बताउँछन् ।
प्रतिक्रिया 4