
काठमाडौं । प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ यतिबेला प्रवर्द्धन अभियानमा जुटेको छ । शनिबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर मलको परिसरमा ट्रेलर सार्वजनिक गरियो ।
ट्रेलर सार्वजनिक गर्न आयोजित समारोह कुनै कन्सर्ट कम थिएन । व्यापक दर्शकीय सहभागितामाझ प्रकाशसहित स्वस्तिमा खड्का, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतले प्रस्तुति दिए ।
‘वसन्त साँझ’ नाम दिइएको यो समारोहमा लोकगीत क्षेत्रका चर्चित अनुहार शान्तिश्री र प्रीतिले प्रस्तुति दिए । यी दुबै गायिकाले गायक सपुतसँग उनका अघिल्ला गीतमा सहकार्य गरेका छन् ।
प्राप्त तस्वीरमा उनीहरूले फिल्म ‘वसन्त’को ट्रेलर हेर्न आग्रह गरे । सपुतको डेब्यु निर्देशकीय फिचर ‘प्रकाश’ चैत २२ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4