+
+
Shares

प्रोटोनले नेपालमा सार्वजनिक गर्‍यो ‘ई.एमएएस७’, मूल्य कति ?

प्राइम भेरिएन्टको गाडीले एक पटकको फुल चार्जमा ३ सय ४५ किलोमिटरको रेन्ज दिन्छ भने प्रिमियम भेरिएन्टले फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज दिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १३:०८

काठमाडौं । मलेसियन अटो ब्रान्ड प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा ‘ई.एमएएस७’ गाडी सार्वजनिक गरेको छ ।

यो नवप्रवर्तनकारी मोडेलले हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । जसले नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने कम्पनीको दाबी छ ।

गाडी राजधानीको ह्यात रिजेन्सी होटलमा सार्वजनिक गरिएको थियो । नेपाली बजारमा प्रोटोन ई.एमएएस७ गाडी प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छन् । जसको मूल्य ५६ लाख ९९ हजारदेखि सुरु हुनेछ ।

यस्तै गाडी ६ थरी आकर्षक रङमा उपलब्ध हुनेछ भने ग्राहकलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ई.एमएसएस७ दुई ट्रिम लेभल (प्राइम र प्रिमियम) मा उपलब्ध हुने र ६ रङ प्लाटिनम सिल्भर, टर्क्वोइज ग्रिन, स्लेट ग्रे, मोयु ब्ल्याक, क्वार्ट्ज रोज र लिथियम ह्वाइटमा आउने जानकारी दिए ।

‘हामी यो गाडी सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं,’ उनले भने, ‘नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षा पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’

नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना भएको ई.एमएएस७ मा लिथियम आयरन फस्फेट ब्याट्री छ । लेभल २ एडभान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम भएको यस गाडीमा ३६०–डिग्री भ्यु क्यामरा छ । यस गाडीले फाइभ–स्टार एसियन एनक्याप सुरक्षा रेटिङ पाइसकेको कम्पनीले जनाएको छ ।

ई.एमएएस७ ले १६० किलोवाट पावर र ३२० एनएम टर्क उत्पादन गर्छ । ४९.५२ किलोवाट आवर ब्याट्री प्याक भएको प्राइम भेरिएन्टको गाडीले एक पटकको फुल चार्जमा ३ सय ४५ किलोमिटरको रेन्ज दिन्छ ।

यस्तै, प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री दिइएको छ । जसलाई एक पटकको फुल चार्जमा ४ सय १० किलोमिटर रेन्ज दिन्छ । उक्त गाडी डीसी फास्ट चार्जरले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो गाडीलाई १० मिनेट चार्ज गर्दा १ सय ३५ किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।

अत्याधुनिक सुविधायुक्त गाडी प्रोटोनको नक्साल फ्ल्यागसिप शोरूममा बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?