१० चैत, काठमाडौं । नेपाल खो खो संघको आयोजनामा पहिलो पटक आयोजना हुन लागेको नेपाल खो खो लिग ड्रिम खो खो मा पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।
यही चैत २३ देखि ३० गतेसम्म बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित खो खो कभर्डहलमा हुने लिगमा मा प्रतिस्पर्धा गर्ने पाँचवटै टिमका खेलाडीहरुको टुङ्गो लागेको छ ।
आयोजकले हरेक टोलीमा मार्की खेलाडीसहित १२ जना राखेको छ । अक्सनबाट खेलाडी छनोट गरिएको खो खो संघले जनाएको छ । हरेक टिममा मार्की १ खेलाडी गरी जम्मा १२ जना खेलाडी र १ जना प्रशिक्षक रहेका छन् ।
पहिलो पटक भारतमा आयोजनजा भएको खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोद्यी उपविजेता बनेपछि संघले नेपालले पहिलो पटक खो खो खेलको लिग सुरुवात गर्न लागेको हो ।
पहिलो संस्करणमा प्रतिस्पर्धा गर्ने पाँच टिममा डेली कन्स्ट्रक्सन राइनोज, न्याचर नेस्ट टाइगर्स, बिकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स र कञ्चन गैडहावा रोएल्स छन् ।
पहिलो पटक संचालन हुन लागेको लिग ठाकुरबाबा नगरपालिका बर्दियाको मुख्य प्रवर्द्धकत्वमा नेपाल खोखो संघको आयोजना राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा सञ्चालन हुँदैछ ।
यस्ता छन् ५ पाँच टिम र खेलाडी
१. सुदूरपश्चिम किङ्स
प्रशिक्षक : नागराजु नाथ, मार्की खेलाडी : हेमराज पनेरु
खेलाडीहरू : वेदबहादुर ओली, गणेश बिक, प्रमोद राय दनुवार, हरिश बोहरा, रोहन अधिकारी, हेमराज जोशी, सागर अवस्थी, जीवन चौधरी, कैलाश विक, राजन थारु, र भुवन सापकोटा रहेका छन् ।
२. नेचर नेस्ट टाइगर
प्रशिक्षक : खगेन्द्र बहादुर शाही, मार्की खेलाडी : बिक्रालसिंह रत्गैया
खेलाडीहरू : समीर चन्द, सुरज पुजारा, मुकेश पोडार, सन्जिब कुमार थारु, विशाल थापा, सागर थारु, आबिद मन्सुर, पुस्पक बुढा, महेन्द्र चौलागाईं, वसन्त सारु, र शिशिर परियार छन् ।
३. डेली कन्स्ट्रक्सन राइनोज
प्रशिक्षक : विक्कीराज महर्जन, मार्की खेलाडी : राजन बल
खेलाडीहरू : विशाल थारु, रोहित कुमार वर्मा, विशाल बस्नेत, सुजन थारु, विनय कुमार, समीर थारु, विवेक थारु, पासाङ थारु, उज्ज्वल देवकोटा, र आयुश गुरुङ समावेश छन् ।
४. बिकासप्रेमी ब्ल्याक बक
प्रशिक्षक : श्याम बुढाथोकी, मार्की खेलाडी : झलक बिक
खेलाडीहरू : विष्णु थारु, यमन पुरी, नवीन बुढा, विष्णु विक, हिमाल केसी, धर्मराज कुशवाहा, टुशाल विक, सोनु परियार, सुदिप सुनार, दिपेश सिंह साँवद, सुनम पराजुली, र विशाल बिक छन् ।
५. कञ्चन गैडहवा रोयल्स
प्रशिक्षक : राजकुमार थापा, मार्की खेलाडी : भरत सारु मगर
खेलाडीहरू : विवश चौधरी, कपिल देव भट्ट, पुरन सुर्यवंशी, भेष बहादुर बोहरा, अखिलेश गुप्ता, शिशिर थापा, बिपिन थापा, विक्की सुनार, विवेक सुनार, साजन खड्का, र विवेक दर्जी छन् ।
प्रतिक्रिया 4