+
+
Shares

ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक छैनन् : देउवा

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभाग द्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १३:५५
फाइल तस्वीर

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन् ।

उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ ।’

उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे । तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाको भनाइ छ ।

‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने ।

देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो ।

‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने ।

देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?