
१० चैत, काठमाडौं । चार दिनदेखि कालीगण्डकी नदीमा बेपत्ता भारतीय नागरिक आइतबार मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुर जिल्ला घर भएका २५ वर्षीय शिवम पाण्डे रहेका छन् ।
पाण्डे तीन जना साथीसँग नेपाल घुम्न आएका थिए । सो क्रममा ६ चैतमा पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा पाण्डे बेपत्ता भएका थिए ।
पाण्डेको शव घटनास्थलभन्दा करिब एक किलोमिटर तल कालीगण्डकी नदीमा फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4