+
+
Shares

म्यानमारका बौद्धमार्गीलाई नेपाल भ्रमण निम्तो

एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनसँगै नेपाली पर्यटकीय उत्पादन, सूचना प्रविधि र अन्य वस्तु प्रदर्शन गरिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १५:०३

१० चैत, काठमाडौं । म्यानमारको यांगुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ सकिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार एक्स्पोमार्फत बौद्धमार्गी पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिइएको छ ।

नेपाल र म्यानमारबीच ६५औं कूटनीतिक सम्बन्ध स्थापित भएको अवसरमा पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा २१–२२ मार्चमा एक्स्पो भएको थियो ।

एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनसँगै नेपाली पर्यटकीय उत्पादन, सूचना प्रविधि र अन्य वस्तु प्रदर्शन गरिएका थिए ।

एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० पर्यटन कम्पनीले भाग लिएका थिए ।

नेपालले बौद्ध पर्यटन प्रवद्र्धनमा जोड दिँदै म्यानमारका पर्यटकलाई नेपालस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरेको हो ।

म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रम उद्घाटन म्यानमारका संघीयमन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यू ए विनले संयुक्त रूपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा यांगुन क्षेत्रका मुख्यमन्त्री यू शो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधि उपस्थित थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?