
१० चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्वको लागि मतदान हिजो सकिएपनि आइतबार दिउँसोसम्म मतगणना सुरु हुन सकेको छैन ।
शनिबार राति ८ बजे मतदान प्रक्रिया सकिएपनि आइतबार दिउँसो ४ः३० बजेसम्म मतगणना सुरु भएको छैन । अध्यक्ष पदका उम्मेदवार माधव चम्लागाईंले आपत्ति जनाउँदै विज्ञप्ति निकालेका छन् ।
मतगणना कार्य सुरु हुन नसकेप्रति निर्वाचन समितिले कुनै जानकारी नदिएको चम्लागाईंले बताए । उनले भने, ‘मतदाता साथीहरु मतगणना भएपछि नतिजा सुनेर घर फर्कन आतुर रहनु भएको छ । मतगणना किन रोकिएको छ भनेर अहिलेसम्म निर्वाचन समितिले कुनै जानकारी नदिँदा आम साथीहरुको मन दुःखेको छ ।’
महाधिवेशनका लागि चयन भएका ८९२ मतदातामध्ये ४७० मत खसेको थियो । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका महाधिवेशनका लागि पार्टीबाट बनेको निर्देशक समिति संयोजक मधु आचार्यले पार्टीको कार्यसम्पादन समितिको बैठक जारी रहेकाले एकै समयमा गणना नगरौं भनेर उद्देश्य ढिलो हुन पुगेको बताए ।
उनले भने, ‘गणना आजै सकिने भयो भने सुरु गर्छौं । आज सकिन्न् जस्तो हुने भए भोलि गणना हुन्छ ।’
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो महाधिवेशनमा अध्यक्षका लागि चम्लागाईं, विकास थापा र कल्पना खड्काले प्रतिस्पर्धा गरेका छन् ।
प्रतिक्रिया 4