+
+
Shares

यी हुन् संसारकै ठूलो मुख भएकी महिला (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १७:३०

काठमाडौं । गिनिज बुकमा नाम लेखिनुका कारण अनेक हुन्छन् । एकजना महिलाले चाहीँ आफ्नो ठूलो आकारको मुखका कारण विश्व किर्तिमान कायम गरेकी छिन् । उनी विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् ।

सामन्था रामस्डेलको मुख २.५६ इन्च सम्म खुल्दछ भने ४.०७ इन्च सम्म फैलिन्छ । उनले सबैभन्दा ठूलो र सबैभन्दा चौडा मुख भएकी महिलाको रेकर्ड आफ्नो नाममा लेखाएकी छिन् ।

अमेरिकाको मेन सहरमा बस्ने ३४ वर्षीया सामन्था सोसल मिडियामा निकै चर्चित छिन् । उनका ३८ लाख फलोअर्स छन् । उनले आफ्नो सोसल मिडियामा फलोअर्सका लागि नियमित रुपमा रोचक तस्वीर तथा भिडियोहरु पोस्ट गरिरहन्छिन् । पछिल्लो पटक उनले इटालीको फ्लोरेन्स यात्राका क्रममा एक तस्वीर पोस्ट गरिन्, जुन निकै भाइरल बन्यो ।

इन्स्टाग्राममा शेयर गरेको उक्त तस्वीरमा उनले मुखभित्र रक्सीको बोतल हालेको देखिन्छ । त्यो दृश्य देखेर उनको पछाडि रहेका एकजना मानिस तिनछक परेका छन् । त्यस तस्वीरका बारेमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

उनलाई मुखकी रानीको उपाधि पनि दिएका छन् । उनले आफ्नो मुखको कौशलका बारेमा लेखेकी छिन् : मान्नुस् वा नमान्नुस्, यो एआई होइन ।

डेलीस्टार युकेको रिपोर्ट अनुसार सामन्थाले आफ्नो ठूलो मुखलाई जिवनको शक्तिको रुपमा उपयोग गरेकी छिन् । जबकि त्यहीँ मुखका कारण कुनै समय उनले अपहेलनाको सामना गर्नु पर्दथ्यो । उनको अनुहारका कारण मानिसहरुले उनीप्रति निकै भद्दा टिप्पणी गर्दथे र उनलाई घृणा गर्दथे । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?