+
+
Shares

‘क्षयरोगका ४० प्रतिशत बिरामी उपचारका दायरमा आउँदैनन्’

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १८:०४

१० चैत, काठमाडौं । क्षयरोगका ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिए ।

उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिए ।

उनले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरूको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए ।

क्षयरोगका बिरामीहरूमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको उनले बताए । तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ । क्षयरोगका बिरामीहरूमा १४ वर्षमुनिका बालबालिकाहरू ८.६ प्रतिशत रहेको उनले बताए ।

उनले भने, ‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरू पत्ता लगाएर औषधि उपचारमा लगाएका छौं । अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरु प्रतिवर्ष छन् भन्ने देखाएको छ । अझै पनि ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ । त्यस्ता बिरामीहरू पत्ता लगाउनका लागि हामीले विभिन्न क्रियाकलपाहरू गरिरहेका छौं । त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ ।’

क्षयरोग भए/नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्नेक्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?