+
+
Shares

रूसले १५० ड्रोनले हमला गरेको जेलेन्स्कीको जिकिर

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १८:१४

१० चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार राति रूसले युक्रेनमाथि करिब १५० ड्रोनमार्फत हमला गरेको दाबी गरेका छन्।

जेलेन्स्कीले आफ्नो एक्समा यसबारे जानकारी दिँदै रूसमाथि थप कडा प्रतिबन्धहरू लगाउन आह्वान पनि गरेका छन्।

‘गएराति रूसले युक्रेनमा करिब १५० ड्रोनमार्फत हमला गर्‍यो। यस हमलामा कीभमा तीन जनाको मृत्यु भएको छ, जसमा एकजना बुबा र उनकी पाँच वर्षीया छोरी पनि छन्। यस आक्रमणमा एक बालकसहित हालसम्म १० जना घाइते भएका छन्,’ उनले लेखेका छन् ।

उनले थपेका छन्, ‘हमलाहरूका कारण जापोरिजिया क्षेत्रमा पनि तीन जनाको मृत्यु भएको छ, तीमध्ये एकै परिवारका तीन जना रहेका छन्। मृतकका परिवारप्रति मेरो गहिरो समवेदना छ।’

जेलेन्स्कीका अनुसार, रूसबाट युक्रेनमाथि दैनिकजसो हमलाहरू भइरहेका छन्। ‘यसै हप्तामा रूसले युक्रेनमा १,५८० भन्दा बढी बम, करिब १,१०० ड्रोन र १५ वटा मिसाइल प्रहार गरेको छ,’ उनले भनेका छन् ।

रूसमाथि प्रतिबन्धको माग

जेलेन्स्कीले रूसी आतंकवादीहरूमाथिको प्रतिबन्धलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

‘रूसले प्रतिबन्धको असरबाट उम्कन प्रयोग गर्न सक्ने हरेक बाटोलाई बन्द गर्न आवश्यक छ। उसमाथि थप दबाब बनाउन र यस आक्रमण तथा युद्धलाई रोक्नका लागि नयाँ निर्णयहरू लिन जरुरी छ,’ उनले भने ।

रूसी प्रतिक्रिया

यसअघि, रूसको रक्षा मन्त्रालयले आफूले हमला गरिरहेका करिब ६० युक्रेनी ड्रोनलाई निशाना बनाएको दाबी गरेको थियो। रक्षा मन्त्रालयका अनुसार, तीमध्ये अधिकांश ड्रोनहरू दक्षिणी रोस्तोभ क्षेत्रमा खसालिएका थिए।

रोस्तोभका गभर्नरले पनि एक घटना विवरण दिएका छन्। उनका अनुसार, एउटा ड्रोन खसेपछि एउटा कारमा आगलागी भयो, जसका कारण एक व्यक्तिको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?