+

पीएम कप : गण्डकीलाई हराउँदै एपीएफको फाइनल सम्भावना कायमै

२०८१ चैत  १० गते १८:३१ २०८१ चैत १० गते १८:३१
पीएम कप : गण्डकीलाई हराउँदै एपीएफको फाइनल सम्भावना कायमै

१० चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले पाँचौं जित निकाल्दै फाइनल सम्भावना कायमै राखेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले हराएको हो ।

एपीएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन मात्र बनाउन सक्यो । अर्जुन कुमालले ३९ तथा दिनेश बुढामगरले ३४ रन बनाए ।

एपीएफका अभिषेक गौतमले १० ओभरमा २९ रन दिएर ३ विकेट लिए । अमरसिंह राउटेलाले २ तथा भुवन कार्की, किशोर महतो र रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि आसिफ शेखले अर्धशतकसहित ८० रन बनाएपछि  गण्डकी प्रदेशविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.२ ओभरमा २५८ रन बनायो ।

आसिफ शेखले सर्वाधिक ८० रन बनाए । लोकेश बमले ४६ तथा सुमित महर्जनले ३१ रन बनाए । गण्डकीका सन्दिप पराजुली र सुदिप अर्यालले ३-३ विकेट लिए । कमल परियारले २ तथा चन्द्र पौडेलले १ विकेट लिए ।

एपीएफको ७ खेलमा १० अंक भएको छ र तेस्रो स्थानमा छ । अब एपीएफले बाँकी दुवै खेल ठुलो अन्तरले जितेर पुलिस वा आर्मी पराजित भएमा मात्र फाइनल सम्भावना कायम रहनेछ ।

हालसम्म ८ खेलमा १ जित मात्र निकालेको गण्डकी फाइनल होडबाट पहिले नै बाहिरिसकेको थियो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय