+
+
Shares

भन्सार छलीका १९ आइफोनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:०७

१० चैत, काठमाडौं । भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी टोल घर भइ काठमाडौं–६ ग्राण्डी बसोबास गर्ने २९ वर्षीय मोहमद शाकिव खान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीबाट १९ थान आइफोन र अन्य ब्राण्डका १० थान गरी २९ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

ती मोबाइलहरु भन्सार छली तथा चोरी पैठारी गरेर ल्याइएको प्रहरीले जनाएको छ । न्यूरोडमा पसल राखी बेचबिखन गर्दै गरेको बेला ती मोबाइलहरु बरामद गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?