+
+
Shares

बाल शिक्षामा एनएमटीसी : २५ वर्षको उत्कृष्टता उत्सव

औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बोधन गर्दै संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:२१

काठमाडौं । नेपाल मन्टेसरी ट्रेनिङ सेन्टर (एनएमटीसी) ले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलमा सम्पन्न गरेको छ । बाल शिक्षा क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माता र सरोकारवाला एकत्रित भई एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मन्टेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरे ।

औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले सम्बोधन गर्दै संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्‍याएको प्रभावबारे प्रकाश पारिन् ।

उनले मन्टेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् ।

मन्टेसरी शिक्षाको आधारभूत दर्शन उजागर गर्दै उनले स्वतन्त्र, जिज्ञासु र आत्मविश्वासी बालबालिका तयार पार्ने एनएमटीसीको उद्देश्यलाई पुनः पुष्टि गरिन् ।

साथै, भविष्यमा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, आधुनिक शिक्षण प्रविधि समावेश गर्ने तथा साझेदारीहरू सुदृढ गर्दै नेपालभरि बाल शिक्षाको गुणस्तर सुधार गर्ने एनएमटीसीका लक्ष्य पनि उनले प्रस्तुत गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएमटीसीको नेपालमा मन्टेसरी प्रशिक्षण अगुवा भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापाले पनि मन्टेसरी शिक्षाका आफ्ना अनुभव प्रस्तुत गर्दै सहभागीलाई प्रेरित गरिन् ।

समारोहमा बाल शिक्षामा उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस्तै ‘एनएमटीसी एन्ड्युरिङ एक्सिलेन्स : लंगेस्ट सर्भिस अवार्ड २०२५’ ले आजीवन बाल शिक्षामा समर्पित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

‘एनएमटीसी एलुम्नाई एक्सिलेन्स इन मन्टेसरी एजुकेसन लिडरशिप अवार्ड २०२५’ ले संस्थाका पूर्व प्रशिक्षार्थीहरूलाई सम्मान गरिएको थियो । जबकि, ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ ले बाल शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई श्रद्धा व्यक्त गरियो ।

कार्यक्रम सुरुवातमा प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलका आईबीडीपी विद्यालय काउन्सेलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकरले ‘न्युरो डेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास’ विषयमा महत्त्वपूर्ण प्रस्तुतीकरण गरेका थिए ।

उनले अटिज्म स्पेक्ट्रम डिसअर्डर र भाषागत ढिलाइजस्ता न्युरोडेभलपमेन्टल समस्याको समयमै पहिचान तथा हस्तक्षेपको आवश्यकताबारे प्रकाश पारे ।

शिक्षकहरूले विविध आवश्यकता भएका बालबालिकाका लागि समावेशी र सहयोगी सिकाइ वातावरण कसरी निर्माण गर्न सक्छन् भन्ने विषयमा व्यावहारिक अध्ययन प्रस्तुत गर्दै उनले मन्टेसरी–आधारित शिक्षण विधि बालबालिकाको संज्ञानात्मक, सामाजिक र भावनात्मक विकासका लागि कसरी प्रभावकारी हुन सक्छन् भन्ने स्पष्ट पारे ।

त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक–सुनाइ विशेषज्ञ नीलम लामा दाहालले भाषा तथा श्रवण विकास ः महत्त्वपूर्ण चरण र प्रारम्भिक जोखिम पहिचान’ विषयमा अर्को महत्त्वपूर्ण सत्र प्रस्तुत गरिन् ।

उनले बाल्यकालको भाषिक विकासका महत्त्वपूर्ण चरण तथा भाषा वा सुनाइ सम्बन्धी समस्या देखाउने संकेतबारे छलफल गरिन् । साथै, स्पिच थेरापी विधि, अभिभावकको भूमिका र शिक्षण पद्धतिमा प्रारम्भिक हस्तक्षेपको प्रभावकारिता सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रस्तुत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?