+
+
Shares

महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाबारे कांग्रेसले केन्द्रीय समितिबाट निर्णय लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १९:२३

१० चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका बारेमा निर्णय लिने भएको छ ।

यही चैतभित्र महाधिवेशन गर्नका लागि पार्टीले सबै भ्रातृ संस्थालाई समयसीमा तोकेको थियो । तर, अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गरेका छैनन् ।

प्रमुख भ्रातृ संस्था नेविसंघ, तरुण दल, महिला संघ लगायतले यो महिनाभित्र महाधिवेशन गर्न नसक्ने अवस्थामा छन् । महाधिवेशन गर्ने प्रक्रियामा रहेको, गर्नै नसक्ने अवस्थमा रहेकाका भ्रातृ संस्था भंग गर्ने वा समयअवधि थप्ने बारे केन्द्रीय समितिले निर्णय लिने महतले जानकारी गराए ।

कार्यसम्पादन समिति बैठक पछि प्रतिक्रिया दिँदै प्रवक्ता महतले केन्द्रीय समितिको बैठक यसै महिना हुने जानकारी गराए ।

‘कुन कुन संगठनले निर्वाचन गर्न सके । अथवा, गर्दैछन् भने कति प्रगति गर्दैछन् । गर्नै नसक्ने कुन कुन संगठन छन् । त्यसको आधारमा निर्णय गर्छौं,’ महतले भने,‘जुनले महाधिवेशन गर्ने प्रगति गरेका छन् भने बढाइदिन सकिने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?