+
आईपीएल २०२५ :

इशानको शतकप्रेरित हैदराबादको शानदार सुरुवात

२०८१ चैत  १० गते १९:५८ २०८१ चैत १० गते १९:५८
इशानको शतकप्रेरित हैदराबादको शानदार सुरुवात

१० चैत, काठमाडौं । इशान किशनको शानदार शतकमा विशाल योगफल बनाएको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार सुरुवात गरेको छ ।

हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको हो । हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो ।

ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए भने सन्जु सामसनले ६६ रन बनाए । शिम्रोन हेटमायरले ४२ रन बनाउँदा शुभम दुवे ३४ रनमा अविजित रहे ।

हैदराबादका लागि सिमरजित सिंह र हर्षल पटेलले २-२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो । इशान किशनले अविजित १०६ रनको पारी खेलेका थिए भने ट्राभिस हेडले ६७ र हेनरिच क्लासेनले ३४ रन बनाए ।

राजस्थानका तुषार देशपाण्डेले ३ तथा महीश थिक्सानाले २ विकेट लिए । सन्दीप शर्माले १ विकेट हात पारे ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय