
काठमाडौं । सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीलाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको छ । दुबैजनाले सामाजिक संजालबाट प्रशंसकलाई यसबारे जानकारी दिएका छन् ।
मेलिना शुक्रबार अस्पताल भर्ना भएकी थिइन् । आइतबार उनले सन्तानलाई जन्म दिएकी हुन् ।
प्रशंसकलाई यसबारे जानकारी दिँदै कमलले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ । पहिलोपटक बाबुआमा बन्न पाउँदा जुन खुसी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ ।’
‘मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ’ उनी लेख्छन् । कमल र मेलिनाले २०७९ सालमा विवाह गरेका थिए । ‘भ्वाइस अफ नेपाल’की प्रतियोगी मेलिना र गायक कमलबीच कोभिडको समयदेखि प्रेम सम्बन्ध सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4