+
+
Shares

चितवनबाट आउँदै गरेको हायस थानकोट नजिकै दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते २१:०२

१० चैत, काठमाडौं। चितवनबाट आउँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षीया महिला सबिना गुरूङ रहेकी  छिन् ।  दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्‍यु भएको हो ।

यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), ४० वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?