+
+
Shares

अनशनमा शिक्षक : विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते ९:१५

११ चैत, काठमाडौं । शिक्षकहरू शिक्षा तथा मानव श्रोत  विकास केन्द्रमा अनशनमा बसेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत  विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध आन्दोलन घोषणा गरेको महासंघले १५ चैतसम्म अनशनमा बस्ने जनाएको छ ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार धर्नामा बसेको आज ५ दिन भयो । ‘विगतमा भएको सहमति सम्बोधन हुनेगरी विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग राखेर अनशनमा बसेका हौं’, अध्यक्ष सुवेदीले भने ।

अनशन बिहान ८ देखि ६ बजेसम्म बस्ने उनले बताए । सहमति अनुसार ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान शिक्षकहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?