+
+
Shares

जनमत र नाउपाको कार्यदलको पहिलो बैठक बस्यो, विधानमा छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १२:३४

११ चैत, काठमाडौं । जनमत पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले पार्टी एकीकरणको लागी गठन गरेको कार्यदलको पहिलो बैठक बसेको छ ।

आइतबार साँझ बसेको बैठकमा दुवैतर्फबाट प्रस्तावित विषयमा सामान्य छलफल भएको जनमतका प्रवक्ता एवं कार्यदल सदस्य डा.शरदखसिंह यादवले जानकारी गराए ।

पार्टी अध्यक्ष, संरक्षक, सह अध्यक्ष, चुनाव चिह्न, छाप लगायतमा मोटामोटी सहमतिउन्मुख भएको यादवले जानकारी दिए । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एकीकरण पछि बन्ने नागरिक जनमत पार्टीमा सोही पदमा रहने गरी छलफल भएको छ ।

संरक्षकमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन् । सहअध्यक्षमा भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् । प्रस्तावित नाम नागरिक जनमत पार्टी हुने र चुनाव चिह्न नाउपाको ढकियालाई राखिने भएको छ ।‘केही कुरा टुंगिए जस्तो नै छ । विधानमण्डल नाउपाले गठन गरिसकेको छ । हामीले प्रस्तावित विधान धेरै पानाको छ । उहाँहरुको अलि कम छ । दुवैतर्फको हेरेर त्यसलाई कसरी मर्ज गर्ने बारेमा छलफल अघि बढेको छ,’ जनमत प्रवक्ता यादवले भने ।

यादवका अनुसार एक साताभित्रै धेरै कुरा टुंगिने गरी छलफल प्रारम्भ भएको छ ।

दुई दलको एकीकरणका लागि जनमत पार्टी तर्फबाट अब्दुल खान, डा. शरद सिंह यादव र बाल गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ । नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारु रहेको कार्यदल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?